मनहरी गाउँपालिका ५ को असारे विकास नमूना, करोड सक्याउन हिलोमाथि नै ढलान (भिडियोसहित)

टुडे संवाददाता
११ असार २०७७, बिहीबार १२:४३

असार ११,हेटौंडा/आर्थिक वर्षको अन्तिममा बजेट फछ्र्यौट गर्नकै लागि हुँदै आएको विकास निर्माणको काम प्रभावकारी र दीगो नभएको धेरै उदाहरणहरु हामीले देख्दै र भोग्दै पनि आएका हौं । बजेट खल्तीमा हाल्नकै लागि गरिने यस्ता देखावटी विकासमाथि सरोकारवाला निकाय पनि मुकदर्शक बन्ने गरेका छन् ।

असारे विकासकै एउटा नमूना यसवर्ष मकवानपुरको मनहरी गाउँपालिका–५ नम्बर वडाको दरदरा–डिल्लीपुर जोड्ने सडकमा बनाउन लागिएको स्ल्याब ढलानमा देखिएको छ । गाउँपालिकाले निकालेको करिब २ करोड रुपैयाँको ठेक्कामा ४० प्रतिशत बिलोमा ठेक्का हाली १ करोड १० लाखमै सम्झौता गरेको काठमाडौंको एचबी मेघा कन्स्ट्रक्सनले लापरबाहीपूर्ण तरिकाले हिलो माटोमाथि ढलानको मसला हालेर पुरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देखिएअनुसार हिलो र पानी जमेको सडकमाथि कामदारहरुले सिमेन्ट, गिट्टी बालुवाको घोल हालिरहेका छन् । प्राविधिक ज्ञान नभएका स्थानीयले पनि ठेकेदार कम्पनीको काममा लापरबाही भएको प्रष्ट ठम्याएका छन् । उनीहरुले त्यहाँ काम गतिलो नभएको भन्दै आपत्ति जनाइरहेको पनि भिडियोमा देखिन्छ ।

यस्तो लापरबाहीपूर्ण कामको भिडियो र फोटो बाहिरिएपछि हामीले गाउँपालिकाका जनप्रतिनिधिलाई सम्पर्क गरी काममा भइरहेको लापरबाहीबारे सोधेका थियौं । गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शुभराज थिङ ले भने काम भर्खर सुरु गरिएको र सबै प्राविधिक प्रक्रिया पु¥याएको भन्ने जानकारीमा आएको बताए । ‘साथीहरुसँग कुरा गर्दा सबै हालेर गरेका छौं । हेर्दा राम्रै छन् भन्छन् साथीहरु, केही साथीहरुले फोटो खिचेर यताउती भाइरल गरिदिएछ सर, काम बिगारेकै हो भने अनुसन्धान गरेर कारबाही गर्नुपर्छ ।’ वडाध्यक्ष थिङ ले फोनमार्फत कुराकानीमा भने । उक्त काम भएको दिन गाउँपालिकाको प्राविधिक पनि नपुगेको उनले स्वीकार गरे । समस्या भए नभएकोबारे फिल्डमा गएर हेरेर प्राविधिक जाँच गरेपछि मात्रै थाहा हुने र आफू काम भइरहेको स्थानमा जान लागेको उनले बताए ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने सामाजिक सञ्जालमा आएको भिडियोबारे आफूले जानकारी पाएको र प्राविधिकसहित त्यस स्थलमा पुग्नै लागेको जानकारी दिए । ‘जनप्रतिनिधि र सचेत नागरिकलाई त्यस ठाउँमा उभिनुस् भनिसकेको छु । ठेकेदारले त काम गरेर पैसा लिएर जाला । हामीले यत्तँे दुःख गरेर पैसा हालेका छौं । लापरबाही गर्न दिनुहुँदैन भनेर मैले भनिरहेको छु ।’ अध्यक्ष उप्रेतीले भने–‘ग्राभेल पुरेर काम गर्नुपर्ने थियो । त्यो भिडियोमा हेर्दा मलाई पनि चित्त बुझेको छैन । त्यत्रो पैसा हालेको छ, जनतालाई सुविधा होस् भनेर, इन्जिनियर पनि पठाउँछु, वास्तविकता के रहेछ बुझ्छु ।’प्रदेश सञ्चार डटकम बाट

हेर्नुहोस् भिडियो ,

हेर्नुहोस् असारे विकासको नमूना, करोड सक्याउन हिलोमाथि नै ढलान

Gepostet von Hetauda Today am Mittwoch, 24. Juni 2020

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*