कतारमा पाँच जना भन्दा बढी भेला हुन नपाउने

हेटौंडा टुडे
१६ असार २०७७, मंगलवार ०६:११

१६ असार, कतार 

कोरोना संक्रमण नियन्त्रणका लागि कतारमा पाँच जना भन्दा बढी भेला हुन नपाउने भएको छ । यहाँको विपत्ति व्यवस्थापन समितिले कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको हो ।

कतारी नागरिक तथा आप्रवासीहरुले सावधानिका उपायहरु नअपनाएकाले संक्रमण बढ्दै गएको भन्दै यस्तो निर्णय गरिएको हो । यसअघि दोस्रो चरणदेखि नीजि तथा सार्वजनिक स्थानहरुमा १० जना सम्मलाई भेला हुन दिने भनिएको थियो । समितिले कतारमा भाइरस विरुद्ध सुरु गरिएको प्रतिवन्ध हटाउन जुलाई १ देखि दोस्रो चरणको योजना लागू गर्ने तयारी गरेको क्यूएन खबरले जनाएको छ ।

यहाँको सरकारले दोस्रो चरणमा जुलाई १ देखि ५ जना सम्म भेला हुन दिने,सिमित समयका लागि मलहरु खुल्न दिइने, मार्केट तथा होलसेल मार्केट सिमित समयका लागि खुल्न दिइने, कम मानिस जम्मा हुने केही रेस्टुरेन्टहरु खुल्ने, यस विषयमा उद्योग तथा बाणिज्य मन्त्रालयले सूचना जारी गर्ने, संग्रहालय र लाइब्रेरी सिमित मानिसका लागि सिमित समयका खोलिने, आवश्यक सावधानी अपनाएर कार्य क्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने उल्लेख छ ।

त्यस्तै गरी नीजि मेडिकलहरु ६० प्रतिशत क्षमताले खुल्न पाउने, एउटै परिवारका १० जना सम्मले डुङ्गा चलाउन पाउने, सम्पूर्ण पार्क,बिच तथा कर्नेश सबै उमेरका मानिसका लागि खुल्ने तर खेल्न भने नपाउने । १० जना भन्दा कमले खुला क्षेत्रमा तथा जिम सेन्टरमा अभ्यास गर्न पाउने र ५ वटा प्राथनाका लागि मस्जिदहरु खुल्ने उल्लेख छ ।

त्यस्तै अगस्ट १ देखि तेस्रो चरणमा १४ दिन क्वारेन्टाइनमा बस्ने गरि प्राथमिकतामा रहेका यात्रुहरु कतार आउन पाउने (आप्रवासी कामदार), सम्पूर्ण सपिङ सेन्टरहरु खुल्ने, होलसेल मार्केटहरु सिमित क्षमता संगै सिमित समयका लागि खुल्ने, ग्राहक बढाएर केही रेस्टुरेन्टहरु खुल्न दिने, ड्राइभिङ स्कुलहरु खुल्न दिने, नर्सरी र चाइल्ड केयर सेन्टर खुल्ने, शैक्षिक सस्था भने सेप्टेम्बर देखि मात्र खुल्ने उल्लेख छ ।

त्यस्तै सावधानी अपनाएर ८० प्रतिशत कामदारले काम गर्न पाउने, ५० प्रतिशत ग्राहक क्षमता घटाएर हेल्थ क्लब,जिम सेन्टर,स्विमिङ पुल,ब्युटि पार्लर,मसाज सेन्टर र सैलुन खोल्न पाउने, दर्शक बिना खेलकुद प्रतियोगिता आयोजना गर्न पाउने र नीजि मेडिकलहरु ८० प्रतिशत क्षमताले खुल्न पाउने बताइएको छ ।

कतार सरकारले कोरोना भाइरसबाट बच्नका लागि सबैलाई सावधानिको उपायहरु अपनाउन भनेको छ भने अनिवार्य रुपमा माक्सको प्रयोग गर्न भनिएको छ । सामाजिक दुरी कायम राख्ने तथा कतार सरकारले जारी गरेको मोवाइल एप एथेराज पनि कतारमा बस्ने सबैले अनिवार्य प्रयोग गर्न भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*