असार २८,काठमाडौं /बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएपछि अमिताभ र अभिषेक मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका छन् ।
उनीहरुको उक्त अस्पतालमा अहिले उपचार भइरहेको छ । अभिनेता अमिताभकी पत्नी जया बच्चन, ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।
यस्तै अमिताभ र अभिषेकमा कोरोना देखिएपछि घर पनि सील गरिएको बताइएको छ । अमिताभ बच्चनको निवास जलसालाई कन्टेन्टमेन्ट क्षेत्र घोषित गरि सील गरिएको बीएमसीले जनाएको छ ।
सेयर गर्नुहोस्