
साउन २४, भारत/भारतमा शुक्रबार एकैदिन ६१ हजार ४ सय ५५ संक्रमित भेटिएका छन्। लगातार दोस्रो दिन ६० हजारभन्दा माथि संक्रमित भेटिएका हुन्।
अब त्यहाँ संक्रमितको संख्या करीब २० लाख ९० हजार पुगेको छ।कूल संक्रमितमध्ये १४ लाख २९ हजार निको भइसकेका छन् भने ४२ हजार ६०२ जनाको मृत्यु भएको छ।
सक्रिय संक्रमितको संख्या ६ लाख १६ हजार ६१७ छ।बिहीबार पहिलोपटक त्यहाँ एकैदिन ६० हजारभन्दा बढी संक्रमित भेटिएका थिए।
बिहीबार ६२ हजार १७० संक्रमित भेटिए। यो एकैदिन भेटिएका अहिलेसम्मकै ठूलो संक्रमित संख्या हो।हिजो भारतभरि ९४० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमित दर बढिरहेको छ। मृत्युदर पनि विस्तारै उकालो लागिरहेको छ। पछिल्लो चार दिनको औषत मृत्यु ९०० भन्दा माथि छ।


सेयर गर्नुहोस्