फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसको खोप उपलब्ध गराउने प्रस्ताव स्वीकारेको र यसको परीक्षणमा सहभागी हुन इच्छुक रहेको बताएका छन् ।
दुतेर्तेले रूसले द्रुत गतिमा कोरोना भाइरस विरूद्ध भ्याक्सिन बनाउने प्रयास गरेको भन्दै तारिफ गरेका छन् । उनले भनेका छन्, “रूसबाट भ्याक्सिन आएपछि म सार्वजनिक रूपमा लगाउँछु, मलाई गरेको परीक्षण सफल भयो भने यसले सबैलाई काम गर्नेछ ।”
रूसले बनाएको खोपको प्रभावकारितामा उनी विश्वस्त देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एजेन्सी सहयोग
सेयर गर्नुहोस्