काठमाडौं/दिवंगत अभिनेता सुशान्तसिंह राजपुतलाई यस वर्षको राष्ट्रिय पुरस्कारबाट सम्मान गरिने भएको छ ।
यद्यपि सम्मानको वास्तविक प्रकृतिको निर्णय भने अझै हुन बाँकी छ । सूचना तथा प्रशारण मन्त्रालयका नजिकका केही स्रोतका अनुसार यसबारे चाँडै निर्णय हुनेछन् ।
मन्त्रालयनिकट स्रोत भन्छन्, “सुशान्तको मृत्युले सम्पूर्ण क्षेत्रलाई हल्लाएको छ । मृत्युपछि जसरी उसले सम्मान पाएको छ, जीवनकालमा अभिनेताका रुपमा उनले गरेको अभिनयले त्यति मान्यता प्राप्त गर्न सकेन । त्यसैले यो असन्तुलनलाई पक्कै सुधार्न जरुरी छ ।”
सरकारले सुशान्तको चलचित्रहरुको छुट्टै महोत्सवको आयोजना गर्ने योजनासमेत बनाइरहेको छ । चलचित्रमा उनको योगदानका लागि राष्ट्रिय पुरस्कार समारोहमा उनलाई विशेष पुरस्कार प्रदान गर्ने योजना पनि बनाइएको खबर बलिउड हंगामाले लेखेको छ ।source:baahrakhari.com
सेयर गर्नुहोस्