राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै मतगणना रोक्न ट्रम्पको धम्की

टुडे संवादाता
१९ कार्तिक २०७७, बुधबार १४:३३

काठमाडौं/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावको मतगणना रोक्न धम्की दिएका छन्। मतगणना जारी रहेकै बेला आफूले चुनावमा जित हाँसिल गरे पनि धाँधली भएको  भन्दै उनले सर्वोच्च अदालत जाने बताएका छन्।

ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूले चुनाव जितिसकेको र चुनावमा धाँधली भएको भन्दै सर्वोच्च अदालत जाने बताएका  अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ।

चुनावको अन्तिम मत परिणाम पनि आउन अझै बाँकी छँदै उनले चुनावमा धाँधली हुनु अमेरिकी जनतामाथिको धोका र देशप्रतिको अपमान भएको अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, “हामीले चुनाव जितिसकेका थियौं।  त्यसैले अब हाम्रो लक्ष्य इमानदारीतालाई जोगाउनु हो। हामी अमेरिकाको सर्वोच्च अदालत जान्छौं”

यसअघि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै जो बाइडेनले पनि चुनाव आफू जित्ने निश्चित रहेको दाबी गरेको बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*