बलिउड अभिनेता आसिफ धर्मशालामा मृत भेटिए, आत्महत्याको आशंका

टुडे संवादाता
२७ कार्तिक २०७७, बिहीबार १७:५४

काठमाडौं/बलिउड अभिनेता आसिफ बसरा धर्मशालामा मृत भेटिएका छन्। उनले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। यद्यपि, घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन।

हिमाचल प्रदेशको काँगडास्थित एक धर्मशालामा उनको शव भेटिएको छ।

बसरा पछिल्लो ५ वर्षदेखि म्याक्लोडगन्जस्थित एक घरमा भाडामा बस्दै आएका थिए। उनीसँग एक विदेशी महिला पनि बस्थिन्।

आसिफ बसरा मौलिक र फरक अभिनयका कारण बलिउडका रुचाइएका कलाकार हुन्। उनले परजानिया, ब्ल्याक फ्राइडे, वन्स अपन अ टाइम इन मुम्बई, कृष–३, एक भिलेन, जब वी मेट आदि चलचित्रमा काम गरेका छन्। उनका थुप्रै टिभी सिरियल पनि प्रशारित छन्।

–नवभारत टाइम्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*