१३ बुँदे माग सहित स्थानियद्वारा शिवम् सिमेन्टको टिपर चल्न रोक
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा रहेको शिवम् सिमेन्टको कच्चा पदार्थ ओसार्ने टिपर स्थानियले अनिश्चितकालका लागि बन्द गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ र ८ बाट शिवम् सिमेन्टले कच्चा पदार्थ ल्याउने गर्दछ । सोही स्थानमा स्थानियले सडक अवरुद्ध गरेका हुन् । पुस १९ गते देखि बन्द रहेको सडक हाल सम्म खुलेको छैन् । स्थानियहरुले आफ्नो १३ बुँदे माग सहित सडक अबरुद्ध गरेका छन् । मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर ७ र ८ बस्ने स्थानियहरुले शुद्ध पनि पिउनबाट बञ्चित भए सँगै उब्जनि योग्य जमिनमा ह्रास पार्यवरणीय समस्या ,बोट विरुमा तथा वनस्पति बिनाश र सुख्खा पहिरोको समना गर्नुपरेको छ । यता उद्योग भने स्थानियबासीको मागलाइ सम्बोधन नगरी जबरजस्ती प्रशासन लगाएर टिपर सञ्चालन गर्न प्रयत्न गरिरहेको पाईएको छ । स्थानिय भन्छन् “सिमेन्ट उद्योग बन्द गर्ने मनसाय हाम्रो हैन,स्थानिय पनि बाँचोस र उद्योग पनि चलोस स्थानीयहरु बताउँछन” । स्थानियहरुले आफ्नो माग सम्बोधन नहुँदा बर्षै साल सडक अवरुद्ध गरेतापनि समस्याको समाधान आँखामा छारो हाले जस्तै भएको छ । संचार माध्यमा बारम्बर समाचार प्रकाशन भएता पनि काम भए जस्तो मात्र हुन्छ,तर दिगो काम भने भएको छैन् । शिवम् सिमेन्ट स्थानिय झुकाउने मामिलामा नो कम्प्रमाईज शिवम् सिमेन्टले आफ्नो स्लोगन क्वालिटीको मामलिामा नो कम्प्रमाईज भन्दै नेपालि बजारमा आफ्नो सिमेन्ट बिक्री गर्ने गरेको छ तर सिमेन्ट उत्पादनको निम्ती … Continue reading १३ बुँदे माग सहित स्थानियद्वारा शिवम् सिमेन्टको टिपर चल्न रोक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed