१३ बुँदे माग सहित स्थानियद्वारा शिवम् सिमेन्टको टिपर चल्न रोक

टुडे संवादाता
२२ पुष २०७७, बुधबार १९:३६

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा रहेको शिवम् सिमेन्टको कच्चा पदार्थ ओसार्ने टिपर स्थानियले अनिश्चितकालका लागि बन्द गरेका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ र ८ बाट शिवम् सिमेन्टले कच्चा पदार्थ ल्याउने गर्दछ । सोही स्थानमा स्थानियले सडक अवरुद्ध गरेका हुन् ।
पुस १९ गते देखि बन्द रहेको सडक हाल सम्म खुलेको छैन् । स्थानियहरुले आफ्नो १३ बुँदे माग सहित सडक अबरुद्ध गरेका छन् ।

मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर ७ र ८ बस्ने स्थानियहरुले शुद्ध पनि पिउनबाट बञ्चित भए सँगै उब्जनि योग्य जमिनमा ह्रास पार्यवरणीय समस्या ,बोट विरुमा तथा वनस्पति बिनाश र सुख्खा पहिरोको समना गर्नुपरेको छ । यता उद्योग भने स्थानियबासीको मागलाइ सम्बोधन नगरी जबरजस्ती प्रशासन लगाएर टिपर सञ्चालन गर्न प्रयत्न गरिरहेको पाईएको छ ।

स्थानिय भन्छन् “सिमेन्ट उद्योग बन्द गर्ने मनसाय हाम्रो हैन,स्थानिय पनि बाँचोस र उद्योग पनि चलोस स्थानीयहरु बताउँछन” ।

स्थानियहरुले आफ्नो माग सम्बोधन नहुँदा बर्षै साल सडक अवरुद्ध गरेतापनि समस्याको समाधान आँखामा छारो हाले जस्तै भएको छ । संचार माध्यमा बारम्बर समाचार प्रकाशन भएता पनि काम भए जस्तो मात्र हुन्छ,तर दिगो काम भने भएको छैन् ।

शिवम् सिमेन्ट स्थानिय झुकाउने मामिलामा नो कम्प्रमाईज 
शिवम् सिमेन्टले आफ्नो स्लोगन क्वालिटीको मामलिामा नो कम्प्रमाईज भन्दै नेपालि बजारमा आफ्नो सिमेन्ट बिक्री गर्ने गरेको छ तर सिमेन्ट उत्पादनको निम्ती चाहिने कच्चा पदार्थको लागि वर्षै साल स्थानियहरुलाई विभिन्न आसुआसन देखाउदै र झुक्याउदै आएको स्थानियले गुनासो गरेका छन ।
स्थानियहरुले समस्याको समाधानको निम्ती टिपर रोकिदिए तापनि समस्याको समाधान भने आँखामा छारो हाले जस्तै भएको छ ।

जनप्रतिनिधि नै शिवम सँग मिलेको
वर्षैपिछे समस्या आईरहँदा गाउँपालिकाका अध्यक्ष प्रशासकिय अधिकृत,वडा अध्यक्षहरुले स्थानियको समस्यालई प्रत्यक्ष रुपमा जानकार भईरहँदा पनि स्थानिय सरकारबाट स्थानियहरुको मागमा कुनै सुनुवाई नभएकाले जनप्रतिनिधि नै शिवम मिलेमहतो रहेको बताएका छन् ।
लामो समयदेखि यस्ता समस्याहरु रहीरहँदा पनि स्थानियबासीको समस्यामा कुनैपनि जनप्रतिनिधिहरुले चासो र चिन्ता नदेखाएकाले स्थानियले आरोप लागाएका हुन् ।

गुण्डा शैलीमा प्रस्तुत
स्थानियले आफ्नो १३ बुँदे माग सहित टिपर चल्न रोक लगाएपछि गढी ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बाले   स््थानीयहरुलाई    छलफलमा  बोलाए । सोही छलफलमा वडा अध्यक्ष रुम्बाले स्थानिलाई झपार्दै “गुण्डा शैलीमा प्रस्तुत हुने , मलाई पिट्ने हो” भनेर स्थानियहरुलाई गैर जिम्मेवारीपूर्ण जवाफ दिएका छन् ।
टिपर बन्द रहेको तेस्रो दिन वडा अध्यक्ष रुम्बालाई हेटौंडा टुडेले यो विषयमा जानकारी लिन खोज्दा आफूलाई केही जानकारी नभएको गैर जिम्मेवारीपूर्ण जवाफ दिएका छन् ।

यो विषयमा वडा अध्यक्ष सँग बारम्बर स्थानियको छलफल भएको र हिजो बिहान मात्रै झण्डै झडपको स्थिती सिर्जना भएको थियो । अध्यक्षले मिडिया समक्ष आफूलाई केही जानकारी नभएको बताउँदा चितुवा कराउनु र बाख्रा हराउनु अर्थात वडा अध्यक्षको सिमेन्ट उद्योग सँग मिलेमहतो रहेको सहजै अनुमान लाउन सकिने स्थानिय बताउँछन् ।

शिवम सिमेन्टको मस्ती ,स्थानियलाई सास्ती

ठूलाठूला होडीङबोर्ड,प्रचारप्रसारबाट  शिवम सिमेन्टको जती चर्चापरिचर्चा शुन्ने र देख्ने गरेका छौ, तर यसको वास्तबिकता ठिक उल्टो छ ।
मुख्यतय मकवानपुरगढी गाउँपालिकाका साविक सुकैरा वडा नम्बर ३,४,५,६ का उच्च भुभागमा रहेका खोचेटार, बुर्जा,कलवन र चपकी लेकमा शिवम सिमेन्टको चुन ढुङ्गा उत्पादन गर्ने खानि छ । यही खानि तल स्थानियको ठुलो बस्ती छ । ढुङ्गा सहजै उद्योगमा जान्छ , तर खानिबाट निश्किएको अनावश्यक माटो र ढुङ्गा तलपट्टी रहेको न्यौपानेटार बस्तीमा पुग्ने गरेको छ ।

खानिबाट निस्केको ओभर बटरले न्यौपाने बस्ती जस्ता थुप्रै बस्तीहरुलाई प्रभावित पारिरहेको छ । माथिबाट झरेका माटो र ढुङ्गा पानिको मुहान,स्थानियको पाखोबारी,खेती योग्य जमिनमा पुग्ने गर्दछ ।

स्थानिय भन्छन् “हामीलाई टिकीखान देउ,कि बस्ती स्थानान्तरण गरीदेउ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*