
अमेरिकाको संसद भवनमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या चार पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुले अमेरिकी संसद भवनभित्र गरेको हिँसात्मक आक्रममा मृत्यु हुनेको संख्या चार पुगेको हो ।
प्रहरीको गोली लागेर एक जना महिलाको संसद भवनभित्र नै मृत्यु भएको हो भने अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन् ।
ट्रम्पका प्रतिस्पर्धी जो बाइडेनको चुनावी जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला एक्कासि ट्रम्पका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका हुन् ।


सेयर गर्नुहोस्