२८ गते प्रमुख जिल्ला अधिकारी सहितको टोली खानि क्षेत्र अवलोकन गर्ने

हेटौंडा/मकवानपुरगढी गाउँपालिकाको कलवनको डाँडोमा रहेको शिवम्  खानिको विषयलाई लिएर स्थानियहरु आक्रोश बनेका छन् । स्थानियहरुले पुसको १९ गते देखि टिपर चल्न रोक लगाएका छन् । रोक लगाएको तेस्रो दिन हेटौंडा टुडे डटकममा समाचार प्रकाशन भयो । समाचार प्रकाशन भए पश्चात यो विषय पेचिलो बन्यो । बिहीवार (आज) चौथो दिन भएको छ । यो विषयलाई लिएर आज मकवानपुरको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल , शिवम् सिमेन्टका रामजी प्रसाद चौरासीया,गढी ७ का वडा अध्यक्ष सूर्य बहादुर रुम्बा र स्थानिय बिच छलफल भएको छ । छलफलमा सहभागी रहेका स्थानिय मंगलमान स्याङ्तानका अनुसार भोलिबाट टिपर चल्न दिईने बताउनुभएको छ । भोलि वडा अध्यक्ष सहितको टोली खानि क्षेत्रको अवलोकन गरी टिपर सञ्चालन गर्ने बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालका अनुसार स्थानियको माग सम्बोधन गर्ने,टिपरलाई रोक्न नदिईने,२८ गते प्रमुख जिल्ला अधिकारी सहितको टोली खानि क्षेत्र अवलोकन गर्ने बताउनु भएको छ । यता  गाउँपालिकाका अक्ष्यक्ष बिदुर हुमाँगाईलाई छलफल कार्यक्रम रहेको खबर नपाएको  हेटौंडा टुडे सँग बताएका छन् । अध्यक्ष हुमागाँई खानि क्षेत्रको अवलोकन गरेको र स्थानियको माग जायज रहेको बताएका छन् । स्थानियहरुले गत पुस १९ गतेबाट १३ बुँदे माग सहित खानि क्षेत्रमा टिपर प्रवेश गर्न रोक लगाएका हुन् ।  स्थानियहरुले वर्षैसाल लिखिमरुपमा खानि क्षेत्र ब्यवस्थित गर्न कागज दिइरहदा पनि स्थानियहरुको मागको सम्बोन्धन भएको पाईएको … Continue reading २८ गते प्रमुख जिल्ला अधिकारी सहितको टोली खानि क्षेत्र अवलोकन गर्ने