२८ गते प्रमुख जिल्ला अधिकारी सहितको टोली खानि क्षेत्र अवलोकन गर्ने

टुडे संवादाता
२३ पुष २०७७, बिहीबार १८:३६

हेटौंडा/मकवानपुरगढी गाउँपालिकाको कलवनको डाँडोमा रहेको शिवम्  खानिको विषयलाई लिएर स्थानियहरु आक्रोश बनेका छन् ।
स्थानियहरुले पुसको १९ गते देखि टिपर चल्न रोक लगाएका छन् । रोक लगाएको तेस्रो दिन हेटौंडा टुडे डटकममा समाचार प्रकाशन भयो । समाचार प्रकाशन भए पश्चात यो विषय पेचिलो बन्यो ।

बिहीवार (आज) चौथो दिन भएको छ । यो विषयलाई लिएर आज मकवानपुरको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल , शिवम् सिमेन्टका रामजी प्रसाद चौरासीया,गढी ७ का वडा अध्यक्ष सूर्य बहादुर रुम्बा र स्थानिय बिच छलफल भएको छ ।

छलफलमा सहभागी रहेका स्थानिय मंगलमान स्याङ्तानका अनुसार भोलिबाट टिपर चल्न दिईने बताउनुभएको छ । भोलि वडा अध्यक्ष सहितको टोली खानि क्षेत्रको अवलोकन गरी टिपर सञ्चालन गर्ने बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालका अनुसार स्थानियको माग सम्बोधन गर्ने,टिपरलाई रोक्न नदिईने,२८ गते प्रमुख जिल्ला अधिकारी सहितको टोली खानि क्षेत्र अवलोकन गर्ने बताउनु भएको छ ।

यता  गाउँपालिकाका अक्ष्यक्ष बिदुर हुमाँगाईलाई छलफल कार्यक्रम रहेको खबर नपाएको  हेटौंडा टुडे सँग बताएका छन् । अध्यक्ष हुमागाँई खानि क्षेत्रको अवलोकन गरेको र स्थानियको माग जायज रहेको बताएका छन् ।

स्थानियहरुले गत पुस १९ गतेबाट १३ बुँदे माग सहित खानि क्षेत्रमा टिपर प्रवेश गर्न रोक लगाएका हुन् ।  स्थानियहरुले वर्षैसाल लिखिमरुपमा खानि क्षेत्र ब्यवस्थित गर्न कागज दिइरहदा पनि स्थानियहरुको मागको सम्बोन्धन भएको पाईएको थिएन् । शिवम् सिमेन्ट उद्योगले भने वर्षैसाल स्थानियलाई झुलाउने र आँखामा छारो हाले जस्तो गर्ने गरेको छ ।

स्थानियको १३ बुँदे माग

१. चुनढुगां खानि सन्चालन गर्दा निस्केको ओभरवर्डना निश्चित स्थानमा बनजङगल बोट बिरुवा जैबिक जडिबुटि क्षति नहुने गरि मापदन्ड अपनाई दिर्घकालिन रुपमा ब्यबस्थापन गर्नुपर्ने ।

२.साबिक सुकैरा र बुढिचौर बिचमा पर्ने कलवान बुर्जा खानि उत्खनन् कार्य गर्दा दुबै पटिट बस्ति क्षेत्रलाई असर नपर्ने गरि लेबल बराबर कटिन गरिनु पर्ने ।

३.खनि उत्खनन गर्दा बिगतमा जथाभाबि रुपमा फलोओभर वर्डन फलिएको हुदा त्यसबाट परेको प्रभाबित बस्तिहरु पाङटोल गोताधर्म बिद्यालय आमबोडे भन्डारे किटिनि न्यौपाने टार भुडेदमार सात कन्या लालदमार कालिदेबि थान जनता माबि सुकैरँ स्व्ँँस्थ्यचौकि लगायतका क्षेत्रमा ग्याबिन वाल कन्क्रिट वाल लगाई संरक्षण गर्नु पर्ने ।

४.भन्डारे खोल्सि किटिनि खोल्सि र सूकौरा चपकि खोलामा चके ड्याम कन्क्रिट वाल लगाउनु पर्ने ।

५.बिगतमा उद्योगले खानि सन्चालन गर्दा यहा प्रवाहित क्षेत्रका बस्तिलाई अधिग्रहण गर्ने क्रममा अधिग्रहण नगरिएका एकाध घरधुरिलाई बिकाशमा परेका असरलाई ध्यान राखि खानेपानि बति यातातात शिक्षा ब्यबस्था गर्नू पर्ने ।

६.मकवानपुर गढि गाउपालिका वडा नम्बर २ कुर्ले देखि वडा नम्बर ७ बिर बहादुर चोक सम्म गाउपालिकाको प्राबिधिक र उद्योगको प्राबिधिकद्वारा सडक निमार्णको डिपिआर तयार भै सकेको हुदा त्यसलाई तुरन्त कार्यान्वयन गर्दे लैजानु पर्ने ।

७.मकवानपूर गढि गाउपालिकाको एक मात्र नमूनायोग्य भवन भएको जनता मावि र स्वास्थ्य चौकिलाइ पूर्ण संरक्षण दिइ कक्षा ११ र १२ सञ्चालनको लागि आर्थिक तथा भौतिक रुपमा निरन्तर शैक्षिक विकास सहयोग गर्नू पर्ने ।

८.जग्गा अधिग्रहणका क्रममा जग्गा धनि संग भएका मौखिक लिखित सहमति अनूसार आर्थिक भूक्तानि गर्नू पर्ने ।

९.अव्यस्थित रुपमा संचालन गर्ने खानि बन्द हूनू पर्ने, सञ्चालनमा रहेको खानिबाट निस्कने अनावश्यक कच्चा पदार्थहरु मापदण्ड अनूसार स्थानिय निकाय सगं अनूमति लिइ दिर्घकानि रुपमा समस्या नहूने गरि निश्चित स्थानमा व्यस्थापन गर्नू पर्ने ।

१०.भण्डारे किटिनि बतासे टोल बासिलाई आवश्यक मोटरबाटो निर्माण तथा मर्मतको लागि बार्षिक रुपमा २५० घन्टा तेल सहित स्काभेटर मेसिन सम्पन्न नहूनजेल सम्मका लागि उपलब्ध गर्र्नूपर्ने

११.बिर बहादूर चोक देखि गिताधर्म स्कूल सम्म जाने चलिरहेको मोटरबाटो खोलाले कटान भएको बाटोको सूधारमा न्यौपानेटार फेदि तथा सिम्ले पाखामा प्राविधिक स्टमेट सहित तत्काल मर्मत हूनूपर्ने ।जसका लागि ग्यावियन जालि मेसिनरी वाल हाल्नू पर्ने ।

 १२. गिता धर्म स्कूल देखि खोर भन्ज्याङ फास्ट्रयाक सूरुङ मार्ग हूदै कान्तिराजपथ सम्म जोड्ने मर्मतको लागि स्काभेटर मेसिन तेल सहित सहयोग गर्नू पर्ने।

१३.नेपाल सरकार वन विभाग र उधोगका विचमा भएका सर्त र स्थानिय संग बेला बेलामा भएका सर्तहरु यथासिघ्र पालना गर्ने गराउने।

यो भिडीयो पनि हेर्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*