विरोध खतिवडा भन्छन् ‘जनताको शत्रु खुशी बनाउँन संसद विघठन’

हेटौंडा टुडे
६ माघ २०७७, मंगलवार १८:५६

हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचन्ड–माधव समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण भएको छ ।
भेलामा पार्टीका केन्द्रिय सदस्य एवं पार्टी मकवानपुरका इन्चार्ज विरोध खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली भष्मासुरको बाटोमा हिडेको बताउँदै प्रचन्ड–माधवको नेतृत्वको नेकपा नै आधिकारिक पार्टी भएको दाबी गरेका छन् । ‘ओली अबपनि सुध्रिएनन् भने उनको राजनीतिक जीवन नै समाप्त हुने निश्चित छ ।’ खतिवडाले भने, ‘जनताको शत्रु खुशी बनाउन प्रधानमन्त्री ओलीले संसद विघठन गराएका हुन् । ’ आफ्नै पार्टीलाई नमान्ने व्यक्ति कहिल्यै राजनेता बन्न नसक्ने भन्दै नेता खतिवडाले ओलीको घमन्ड धेरै दिन नटिक्ने दाबी गर्दै भने, ‘प्रधानमन्त्री ओली आफ्नो पार्टीबाट नांगो भए, संविधानबाट पनि नांगो भए, अब जनतामा पनि नांगो हुँदैछन् ।’
खतिवडाले ओलीले संसद विघठन गरेर रगत बगाएर स्थापित गरिएको संविधानमाथि छुरा प्रहार गरेको आरोप लगाए ।
नेकपा हेटौंडा १९ नम्बर वडाका अध्यक्ष लोक लामा मुक्तानको अध्यक्षतामा भएको भेलामा नेपाली काङ्ग्रेसका २५ जना सक्रिय सदस्य सहित ६५ जना नेकपामा प्रवेश गरेका छन् । कांग्रेसका देवीसिं घलानको नेतृत्वमा लालबहादुर घलान, विजय सिङ्तान, मोहनसिं थिङ, भगवती माया घलान, गंगा लामा, भीमराज रुम्बा, दिलबहादुर प्रजा लगायत कांग्रेस पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका हुन् ।
अगुवा भेलामा नेकपा मकवानपुर पार्टी कार्यालय सदस्य श्रीधर पोखरेल,जिल्ला सचिवालय सदस्य एवं पार्टी जिल्ला संगठन विभाग सह संयोजक कमानसिं पाख्रीन (पृथक), पार्टी जिल्ला सचिवालय सदस्य एवं नगर सह इन्चार्ज विवेक राई, जिल्ला सदस्य निबन्ध लामा, पूर्णबहादुर वाइवा, उत्तम न्यौपाने, विज्ञान लामा, रुपेश बर्तौला, पार्टीका हेटौंडा नगर अध्यक्ष रघु आचार्य, हेटौंडा १८ का अध्यक्ष नरनाथ सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*