
हेटौडा । चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरस विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको वाइड बडी जहाज आज बेइजिङ जाने भएको छ । चीनले दिने १० लाख डोज खोपमध्ये ८ लाख खोप लिन निगमको वाइडबडी जहाज राति साढे ११ बजे बेइजिङ जान लागेको हो । जहाज भोलि दिउँसो नेपाल आइपुग्ने तालिका रहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गरेकी थिइन् । राष्ट्रपतिको आग्रहलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सीले तत्कालै १० लाख डोज खोप अनुदानमा दिने र नेपालले खरिद गर्ने खोपका लागि पनि सहजीकरण गर्ने बचन दिएका थिए ।


सेयर गर्नुहोस्