गढी गाँउपालिकामा तोकिए भन्दा बढी नदि उत्खनन गरेको कांग्रेसको ठहर ,विवरण सार्वजनिक नगरे पालिकामा ताला लगाउने चेतावनी

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाकामा अनुमति भन्दा बढी नदिजन्य पदार्थ उत्खनन गरीएको नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले दाबी गरेको छ । गत चैत्र १६ गते देखी ३१ गते सम्म सामरी खोलाको विभिन्न स्थानबाट उत्खनन् गरिएको नदीजन्य पदार्थ जिल्ला दैविक प्रकोप उद्दार समितिबाट प्राप्त अनुमति जम्मा एक लाख २५ हजार २ सय घनमिटर उत्खनन् गर्ने भनिएता पनि गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिको सेटिङमा एक लाख ३५ हजार घनमिटर उत्खनन् भएको पाइएको छ । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले सत्य तथ्य जानकारी गराउन गाउँपालिका अध्यक्ष विदुर हुमागाईलाई पत्र हस्तान्तरण पश्चात सामरी खोलाको विभिन्न ११ स्थानबाट एक लाख ३५ हजार १३ घनमिटर उत्खनन् गरिएको भनी जानकारी पत्र दिएको थियो ।११ वटै स्थानका परिमाण अनुमानित दुई लाख घन मिटर जति देखिएको भन्दै आर्थिक अनियमितता गर्ने उद्देश्यले गुप चुप गर्ने प्रयास गरिएको नेपाली कांग्रेस गाउँपालिका सभापति राजवीर मोक्तानले बताए । उत्खनन् गरेर राखिएको नदीजन्य पदार्थ पुन नापजाँच हुनुपर्छ भन्दै माग राख्दा जिल्ला समन्वय समितिको प्राविधिक टोलीले बाँसपानी नजिक झोलुङ्गे पुल मुनी संकलन गरिएको परिणाम नाप गर्दा १० हजार ३०० घनमिटिर भएको तर गाउँपालिकाबाट खटिएका कर्मचारी र इन्जिनियर सहितका टोलीले उक्त परिणामको नाप ५ हजार ७ सय १२ भनी विवरण राखेको सभापति मोक्तानले बताए । शनिबार पत्रकार सम्मेलन गर्दै उनले पालिकाको सर्वदलीय निर्णय बमोजिम जेठ १९ गते देखी २८ गते … Continue reading गढी गाँउपालिकामा तोकिए भन्दा बढी नदि उत्खनन गरेको कांग्रेसको ठहर ,विवरण सार्वजनिक नगरे पालिकामा ताला लगाउने चेतावनी