थाहा नगरपालिका। एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउनको लागि मकवानपुरका १७ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । हाल हेटौंडाको १५ ओटा, मकवानपुर गढि स्वास्थ्य चौकी र हाँडिखोला स्वास्थ्य चौकीको १/१ ओटा गरी १७ एम्बुलेन्समा जिपिएस जडान गरिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको एम्बुलेन्स संचालन समन्वय समितिको बैठकले जिपिएस राख्ने निर्णय भए अनुसार स्वास्थ्य कार्यालय मकवानपुरको सहयोगमा जिपिएस जडान गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एम्बुलेन्स चालक इकाई मकवानपुरका अध्यक्ष जनार्दन नेपालले बताउनुभयो ।
नेपालले बिरामीहरुलाई सरल ढंगले एम्बुलेन्स उपलब्ध गराउन र नेटवर्किङ सहजीकरणका लागि जिपिएस जडान गरिएको बताउनुभयो ।
हाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको कण्ट्रोलरूमबाट एम्बुलेन्सको जानकारी लिने ब्यवस्था मिलाइएको समेत अध्यक्ष नेपालले बताउनुभयो ।