मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईलाई निर्मलको खुल्ला पत्र

म मेरो भागको बिरोध जनाएर खबरदारी गर्दैछु। ठ्याक्कै त्यसैगरी जसरी म मेरो भागको भोट दिनको लागि लाइन बस्न जान्थेँ।
हेटौंडा टुडे
७ असार २०७८, सोमबार २०:३६

हेटौंडा । आदरणीय गाउँपालिका प्रमुख बिदुर हुमागाई ज्यु , मेरो तपाइँसंग व्यक्ति गत प्रश्न र गुनासा छन्। मैले भोट दिएर छानेको गाउँपालिका प्रमुख हो तपाइँ। सामाजिक न्याय र हाम्रो स्थानिय विकासको लागि तपाइँलाई विश्वास गरेको थिएँ। उपलब्ध स्रोतहरुमा सबै नागरिकको हक दिलाउन लागि पर्नु नै एउटा नेताले नेतृत्व दिनु हुन्छ भन्ने मेरो बुझाइ हो । यस पालिकाको नेतृत्वको लागी मैले तपाइलाइ मेरो नेता छानेको हुँ। यत्रो अनियमितता र स्रोतमाथी केहि सिमित पहुँच राख्नेहरुको हस्तक्षेपको प्रश्न उठिरर्हँदा, तपाईं त्यसैको बचाउमा लागेको जस्तो देखिनु र सर्वदलिय संयन्त्रको सहारा लिएर आफ्नो निर्णय क्षमता नदेखाउनुमा मेरो गम्भीर आपत्ती छ। आज यहाँका जनता नै आफ्नो स्रोतबाट विमुख भइरहँदा र तपाइको यति कमजोर भुमिकाले गर्दा तपाइ माथी नै शंका गर्नुपर्ने अवस्थामा म तपाइँसंग मेरो भोटको जवाफ माग्छु।

मेरो स्थानिय तहको नेतृत्व तपाइले गर्ने हो, यसको जस-अपजस तपाइको हो। सर्वदलीय संयन्त्रलाई पर राख्नुस्, म मैले चुनेको जनप्रतिनिधिको निर्णय मान्ने हो। प्रचलित नियम र कानुन बमोजिम आफ्नो अधिकार प्रयोग गरेर उठेका प्रश्नलाइ जवाफ दिने गरि निष्पक्ष छानबिन गराउन र दोषीलाई कारबाही गर्न सशक्त भुमिका निर्वाह गर्न म तपाइँसंग माग गर्दछु।  मेरो गाउँपालिकाको नेतृत्वको हैसियतले, यसको गरिमा बचाउन र जनतालाइ उनिहरुकै सरकार हो भन्ने प्रत्याभूति दिलाउने आफ्नो जिम्मेवारीमा डटेर लाग्न म तपाइसंग अनुरोध गर्छु।
मेरो बिरोधले कस्तो प्रभाव पार्ने छ वा कस्तो रुप लिनेछ थाहा छैन । त्यो मेरो चिन्ताको विषय पनि हैन। यत्ती हो कि, यत्रो अनियमितता र म माथिको अन्याय थाहा पाउँदापाउँदै चुपचाप यो कुकृत्यमा मौन सहमती जनाएर टुलुटुलु हेरिरहन म स्विकार्न सक्दिन। त्यसैले, म जे गर्न सक्छु र जे गर्नुपर्छ जस्तो बुझ्छु त्यति मात्रै गर्न खोज्दै छु।  मेरो उद्देश्य भनेको हाम्रै मतले स्थापित गरेको गाउँपालिकाको नेतृत्वलाइ यो अन्याय र अर्थिक अनियमिततामा म सहमत छैन र म यसको विरुद्दमा छु भनेर मेरो आवाज सुनाउनु हो जसरी मेरो मतले म मेरो नेतृत्व छान्ने प्रयास गर्छु। म एक्लैले त केही पनि नहोला तर मलाइ पूरा विश्वास छ  यदि हामी हाम्रो एक-एक मतले नेतृत्व छान्न सक्छौँ भने, सबैको बिरोध र असहमतिले यो अनियमितता रोक्ने तागत पनि हामी राख्छौँ । आउनुस, हाम्रो स्थानिय सरकारलाइ भ्रस्टिकरण हुनबाट जोगाउँ र हाम्रो सरकारलाइ गलत बिरुद्द लड्न बल पुर्‍याऔँ।
थप प्रतिकृया, सल्लाह- सुझाब र यो आवाजलाइ अझै शसक्त बनाउन छलफल गर्न मलाइ सिधै 9845618115 मा सम्पर्क गर्दा पनि हुन्छ है।

निर्मल फुयाल
स्वतन्त्र नागरिक, मकवानपुरगढी गाउँपालिका- ३

हाम्रो  मकवानपुरगढी गाउँपालिकाले जिल्ला दैविक प्रकोप उद्दार समितिको अनुमती र निर्देशनमा यसको क्षेत्र भित्र पर्न आउने सामरी खोलामा रहेको नदिजन्य पदार्थ उत्खनन् र बेचबिखन गर्न लागेको जानकारी नै होला । स्विकृत परिमाण १,२५,२०० घनमिटर भन्दा अत्याधिक बढी उत्खनन गरि कर्मचारी र जनप्रतिनिधिहरुकै मिलोमतोमा न्युन मुल्यांकन कायम गरी करोडौंको आर्थिक अनियमितता गर्न खोजेको समाचारहरु बाहिरिएका छन्। यहि सन्दर्भमा मेरो व्यक्तिगत विश्लेषण सहितको खबरदारी हो यो।

यो व्यवस्था र लोकतन्त्रले मलाइ दिलाएको अधिकार र जिम्मेवारी अभ्यास मात्र गर्न खोजेको हुँ। लोकतन्त्रले हरेक नागरिकलाई सार्वजनिक विषयमा आफ्नो विचार राख्ने स्वतन्त्रता दिएको त हो नि है, म त्यहि स्वतन्त्रता उपभोग गर्न खोज्दै छु। मेरो ज्ञान, उपलब्ध र संकलित सुचनाको अध्ययन र विश्लेषणको आधारमा मेरो निष्कर्ष यो हो कि कर्मचारी र जनप्रतिनिधिहरुको अनैतिक आर्थिक लाभ लिने नियत हो भनेर आशंका गर्न र प्रश्न गर्न मिल्ने निकै बलिया आधारहरु छन्।

विवाद उत्पन्न भएर सर्वदलिय बैठकबाट विवाद निरुपण गर्ने आवरणमा स्थानिय राजनितीकर्मी र गाउँपालिका नेतृत्व नै बचाउमा लागि दोषी र आरोपितहरुलाइ उन्मुक्ती दिनेगरी घटनालाई आफू गर्न लागीपरेको जस्तो पनि देखिन आएको छ। यदि यो प्रकरणको निष्पक्ष छानविन र कानुन अनुसारको कारबाही हुन नसकेमा यसको तात्कालिक र दिर्घकालिन परिणामहरु यी हुने छ्न्

. हाम्रो गाउँ ठाउँको विकास र सामाजिक न्यायलाइ नेतृत्व दिनपर्ने स्थानिय राजनितीकर्मी र संगठनहरु नै स्थानिय सरकारमा भ्रस्टाचार र अनियमितता संस्थागत गर्न खुल्लम खुल्ला लाग्नेछन् । यो हरेक क्षेत्रमा फैलिएर जानेछ।

२. वातावरणीय प्रभाव मुल्यांकन र जिल्ला दैविक प्रकोप उद्दार समितीलाई उपेक्षा गरेर जथाभावी उत्खनन् गर्दा बाढी- पहिरो र प्राकृतिक विपत्तीको खतरा बढ्दै जानेछ र कालान्तरमा ठूलो जनधनको क्षति गराउने निश्चित छ।

३. उपलब्ध स्रोतहरुको न्यायोचित वितरणको जिम्मेवारी पाएको स्थानिय सरकार नै त्यस्ता स्रोतहरु कब्जा गरेर पहुँच हुने केही सिमित व्यक्तिहरुको आर्थिक उपार्जनको लागि प्रयोग हुन्छ। अन्ततस् सामान्य नागरिकहरु नै यस्ता स्रोतहरुको लाभ लिन बाट बञ्चित हुने छन्।

यस पृष्ठभुमिमा हाम्रा उपलब्ध स्रोतहरु माथिको अन्यायपूर्ण र कानुन विपरित उत्खनन् र वितरण हुने कुराको बिरोध गर्नु एउटा सचेत नागरिकको जिम्मेवारी नै हुन्छ भन्ने बुझाइका साथ, म मेरो क्षमता अनुसारको बिरोध र आफ्नो असहमती प्रकट गर्दैछु।

निर्मल फुयालको फेसबुक वालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*