
हेटौँडा/ नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउदै छ। प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।
नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताले चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा फोन गर्न सक्नेछ ।
यसैगरी नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्नेछन् ।


सेयर गर्नुहोस्