बुधबार सुनको मूल्यमा गिरावट

हेटौंडा टुडे
२७ श्रावण २०७८, बुधबार ११:२७

हेटौँडा/पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ भने चाँदी पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ ।
मंगलबार बजारमा सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।  यता तेजाबी सुनको मूल्य समेत बुधबार ८८ हजार ३५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*