जापानले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

हेटौंडा टुडे
७ भाद्र २०७८, सोमबार ११:४९

हेटौँडा/ जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप नेपाल आईपुगेको छ । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको थियो। आज अन्तिम चरणमा बिहान ९ः४५ बजे ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो। अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने छ।

१६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*