वैदेशिक रोजगारिका लागि माल्टा गएका अजय श्रेष्ठको सडक दुर्घटनामा मृत्यु

हेटौडा टुडे
५ फाल्गुन २०७८, बिहीबार ११:२८

माल्टा । वैदेशिक रोजगारिको लागि नेपालगन्जबाट माल्टा गएका अजय श्रेष्ठको हिजो बुधबार माल्टामा सवारी दुर्घटनामा परि मृत्यु भएको छ । श्रेष्ठ नेपालगन्जबाट माल्टा बिगत ३ बर्ष देखि रोजगारको सिलसिलामा उतै रहेका थिए । श्रेष्ठ माल्टामा फुड डेलिभरिमा काम गर्ने सिलसिलमा सवारी दुर्घटनामा परि मृत्यु भएको गैर आबासिय नेपाली संघ माल्टाले जनाएको छ ।

। श्रेष्ठको मृत्यु पश्चात् घटना स्थल सङै अस्पतालमा दिप प्रजलन गरि एन आर एन माल्टाले श्रद्धाञ्जली सभा मनाएको छ । श्रेष्ठ को पार्थिव सरिरलाई नेपालमा परिवार सम्म पुराउनको निम्ति माल्टामा रहेका विभिन्न संघ सस्था विभिन्न नागरिक समाज व्यावसायिक साथीहरू र माल्टामा विभिन्न उदेश्यले रहनु भएका नेपालिहरुले श्रेष्ठ कार्यरत कम्पनी सङ्ग पनि समन्वय गरिसकेको र नेपाल राजदुतावास लण्डन सङ्ग पनि सहकार्य गर्दै अगाडि एन आर एनले माल्टाले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*