हेटौडा । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको जापानको राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको बिबिसीले लेखेको छ । जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका ६७ वर्षीय आबेलाई चुनावी भाषणका क्रममा गोली प्रहार गरिएको थियो । शिन्जो आबेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ, उनीमाथि नारामा सार्वजनिक भाषण गर्ने क्रममा आक्रमण भएको थियो, लिबरल डेमोक्र्याटिक पार्टीका एक वरिष्ठ अधिकारीले भनेका छन्’, जापानी सञ्चारमाध्यम एनएचकेको भनाइ उद्धृत गर्दै बिबिसी न्युजले खेलेको छ ।
सेयर गर्नुहोस्


















