नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित

हेटौंडा टुडे
२१ कार्तिक २०७९, सोमबार १४:५४

हेटौडा-नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

पहरी अन्य उम्मेदवार दीपक गौतम, कविकिरण न्यौपाने र पूर्णबहादुर चलाउनेलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनले गोकर्ण अधिकारी र विनोदकुमार सापकोटालाई पराजित गरेका हुन् । महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएकी छन् । अधिवेशनमा अध्यक्ष र खुल्ला उपाध्यक्षपदमा निर्वाचन भएको हो ।

सचिवमा राजन गौतम निर्विरोध चयन भएका छन् । त्यस्तै खुल्ला सहसचिवमा विश्वास आचार्य, समावेशी सहसचिवमासजिना मोक्तान चयन भएकी छन् भने कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका छन् ।सदस्यहरुमा लक्ष्मि पौडेल, कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंहगुरुङ्, फुर्वा शेर्पा चयन भएका छन् ।

त्यस्तै केन्द्रीय परिषद् सदस्यमा मनिषा चम्लागाईँ र राजविन थापा चयन भएका छन् । अधिवेशनको उद्घाटन पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले गरेका थिए । खुला सत्रको प्रमुख आतिथ्यता जापानका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदीले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*