हेटौंडा | चिनियाँ राष्ट्रपति सी चिनफिङ यसैसाता साउदी अरबको तीनदिने भ्रमणमा निस्कने भएका छन् ।
यो भ्रमणका क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यात गर्ने देश साउदी अरबका राजासँग भेटघाट गर्नेछन् ।
साउदी अरबको आधिकारिक समाचार एजेन्सीले राष्ट्रपति सी बुधबार त्यहाँ पुग्ने जनाएकाे छ ।
विश्वको शक्तिशाली अर्थव्यवस्था रहेको मुलुक चीनका राष्ट्रपति सीले छ सदस्यीय खाडी सहयोग परिषद्का प्रमुखहरू सहभागी हुने एक शिखर सम्मेलनमा भाग लिनेछन् ।
उनले चीनसँगको सम्बन्ध बलियो पार्ने मनसायसहित मध्य पूर्वका देशका नेताहरूसँग छलफल गर्नेछन् ।
सेयर गर्नुहोस्


















