साउदी अरेबियामा अत्याधिक वर्षा भएपछि विद्यालयहरु बन्द

हेटौंडा टुडे
२०७९ मंसिर २६, सोमबार १२:३८ गते

हेटौंडा | साउदी अरेबियामा अत्याधिक वर्षा भएपछि विद्यालयहरु बन्द गरिएको छ। साउदीको मौसम विभागले आउने केही दिनमा अझै वर्षाको सम्भावना रहेको जनाएको छ। अत्याधिक वर्षासँगै बाढीको जस्तो अवस्था आउन सक्ने चेतावनी दिइएको छ।

अहिले पनि साउदीको कतिपय शहरहरु जलमग्न भएका छन्। मक्काको जेद्दा, रबीघ, तैफ, जामुम, अल कामिल, खुलैस लगायतका क्षेत्रमा धेरै वर्षा हुने पूर्वानुमान गरिएको छ।

विद्यालयहरु बन्द गरिए पनि अनलाइन कक्षा भने संचालन हुने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*