पाकिस्तानमा आत्मघाती विस्फोटमा परी २ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ मंसिर २९, बिहीबार १३:३७ गते

हेटौंडा| पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी २ जनाको मृत्यु हुनुको साथै अन्य ९ जना घाइते भएका छन् ।

सेनाको सञ्चार शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमा विस्फोट प्रान्तको उत्तरी वजिरिस्तान जिल्लाको मिरान शाह क्षेत्रमा बुधवार भएको बताएको छ ।मृत्यु हुनेमा १ सैनिक र १ सर्वसाधारण रहेका जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*