आज बिहीवार ताइवानमा ६ दशमलव २ रेक्टर स्केलकाे भूकम्प

हेटौंडा टुडे
२०७९ मंसिर २९, बिहीबार १४:४३ गते

हेटौंडा| ताइवानको पूर्वी तटमा आज बिहीवार ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि धेरै हल्का परकम्पनहरू गएकाे टापुको मौसम विभागले जनाएको छ। ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएकाे विभागले जनाएकाे हाे ।

अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले भने यो भूकम्प ५ दशमलव ९ रेक्टर स्केलको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । ताइवानमा भूकम्पको धक्का धेरै कम महसुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले बताउनु भएकाे राेयटर्सले जनाएकाे छ ।

भूकम्पपछि अहिलेसम्म आठ वटा परकम्पन गएको राेयटर्समा उल्लेख छ । आउँदाे तीन दिनमा थप परकम्प आउने अनुमान रहेकाे चेन कुओ–चाङले बताउनु भएको छ । ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुवै रेलहरू कम गतिमा चलिरहेको तर सेवाहरू नराेकिएकाे जानकारी दिएका छन् । दुई टेक्टोनिक प्लेटको जंक्शननजिकै रहेको टापुको कारण ताइवानमा भूकम्प गरिरहन्छ ।

गएकाे सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६ दशमलव ९ रेक्टर स्केलकाे भूकम्प गएको थियो । यसमा परि एक जना व्यक्तिको ज्यान गएको थियाे भने केही भवन भत्किएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*