चीनमा कोरोनाको कहर

हेटौंडा टुडे
२०७९ पुष ६, बुधबार १६:५८ गते

हेटौंडा| चीनमा कोरोनाभाइरसको संक्रमण लगातार बढिरहेको छ ।

दिनदिनै सयौं मानिसको मृत्यु भइरहेको खबर आइरहेका छन् । मसानघाट र कब्रिस्तानमा भीड बढिरहेको बताइएको छ ।चीन सरकारले कोरोनाका गम्भीर केसहरू नदेखिएको बताए पनि त्यहाँबाट आइरहेका तस्वीरले अर्कै कथा भनिरहेका छन् ।

अस्पतालमा बिरामीहरूको ठूलो भीडभाड छ । बेडमा ठाउँ नपुगेर भुइँमै राखी बिरामीहरूको उपचार भइरहेको छ । चिसो भुइँमा बिरामीहरूलाई भेन्टिलेटर दिइएको छ ।

कोरोनाको ओमिक्रोन भेरिएन्टले भयानक स्थितिको प्रमाण प्रस्तुत गरिरहेका छन् ।

चीनमा शून्य कोभिड नीति अपनाएर कठोर लकडाउन लगाइएकोमा मानिसहरूले निरन्तर विरोध गरेपछि त्यसलाई हटाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*