अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै

हेटौंडा टुडे
२०७९ माघ १५, आईतवार ११:१८ गते

हेटौंडा| राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार नेपाल आउँदै छिन् ।

नेपालमा निर्वाचनबाट नयाँ सरकार बनेपछि पहिलो पटक अमेरिकी उच्च अधिकारी नेपाल आउन लागेको हो ।

दुई दिने नेपालमा रहँदा नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकाका विदेश मन्त्रालयमा ३३ वर्ष बिताएकी नुल्याण्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*