मेक्सिकोमा एक पर्यटक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

हेटौंडा टुडे
२०८० बैशाख १८, सोमबार १५:२७ गते

हेटौंडा| मेक्सिकोको पश्चिमी राज्य नायरिटमा एक पर्यटक बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ३३ जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। बस १५ मिटर गहिरो खोंचमा खसेको बताइएको छ।

दुर्घटनामा परेर बसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ भने घाइतेलाई तीन वटा अस्पतालमा उपचारका लागि पठाइएको छ।

पर्यटक बस समुद्री किनारको गन्तव्यतर्फ प्रस्थान गरिरहेको समयमा दुर्घटनामा परेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*