पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण

हेटौंडा टुडे
२६ बैशाख २०८०, मंगलवार १७:२२

हेटौंडा| पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा १ हजार ९०२ नमूनामध्‍ये ६६९ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीषण गर्दा २५ जना गरी ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोनाको संक्रिय संक्रमितको संख्या १४७ पुगेको छ भने संस्थागत आईशोलेशनमा १३ जना, आईसीयूमा ६ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

मंगलबार मात्रै कोरोना संक्रमणबाट २६ जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*