२४ घण्टामा ३० जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२८ बैशाख २०८०, बिहीबार १७:१२

हेटौडा। नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ६३० नमुनामध्‍ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आईशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।बिहीबार १३१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*