आज बृहत खोप अभियान

हेटौंडा टुडे
२०८० बैशाख ३१, आईतवार १०:०३ गते

हेटौडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बृहत खोप अभियान संचालन गर्दैछ । अभियान अन्तरगत सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकामा खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाउन लागिएको हो ।
अभियान अन्तरगत जन्मने बित्तिकै लगाउने बिसिजी, ६, १० र १४ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफआई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा-रुबेला र टाईफाईडका जस्ता खोप अहिले लगाउन लागिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*