पछिल्लो २४  घन्टामा थप २१ जनामा कोरोना संक्रमण

हेटौंडा टुडे
२०८० जेष्ठ २, मंगलवार १६:१५ गते

हेटौंडा| थप २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४  घन्टामा  परीक्षण भएका ११०३ नमूनामध्ये २१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४  घन्टामा ३८४ नमूनाको  पीसीआर र ७१९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको  थियो।
जसमध्ये पीसीआरबाट १२ र एन्टिजेनबाट ९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै  आज थप २४ जना कोरोनामुक्त भएका  छन्।  हाल सक्रिय संक्रमितको संख्या १०० रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९०३ जनाले कोरोनाविरूद्ध खोप लगाएका  छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*