आज विश्व उच्च रक्तचाप दिवस

हेटौंडा टुडे
३ जेष्ठ २०८०, बुधबार १३:०३

हेटौंडा| आज विश्व उच्च रक्तचाप दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइदैछ ।

पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको डाक्टरहरु बताउँछन् । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ ।

खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेको डाक्टरहरुको भनाइ छ । २०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ ।

शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । डाक्टरहरुका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*