आईपीएल २०२३ को उपाधि चेन्नईले जित्यो

हेटौंडा टुडे
२०८० जेष्ठ १६, मंगलवार ११:५४ गते

हेटौंडा|चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो ।

वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो ।

चेन्नईले १५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*