हेटौंडा| हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा सामुदायिक महिला स्वयम् सेविकाहरूका लागि मानसिक स्वास्थ्य, मनोसामाजिक अपाङ्गता र साथीसंगी समूह बारे छलफल कार्यक्रम भएको छ ।
उक्त कार्यक्रम कोशिस मानसिक स्वास्थ्य स्वाभलम्बन संगठनद्वारा आयोजित तथा सामाजिक अभियान सञ्जाल, हेटौंडाको समन्वयमा भएको हो । कार्यक्रम कोशीसकी सुनिरा लामाको अध्यक्षता एवम् हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा प्रमुख अतिथि सिग्देले विकासको लागि सामाजिक अभियान आवश्यक रहेको बताए । उनले मानवीय विकासको एउटा अंग मात्र भौतिक विकास भएकोले विकासमा शैक्षिक, स्वास्थ्य, रोजगारी, उत्पादन, वातावरण संरक्षण लगायतको क्रियाकलाप आवश्यक रहेको बताए ।
कोशिसकी यु माया थापाले सहजीकरण गरेको कार्यक्रममा गैसस मकवानपुरकी उपाध्यक्ष कुमारी वाईबा, सामाजिक अभियान सञ्जाल हेटौंडाकी अध्यक्ष माया लामा, मोहन बज्रचार्य शहरी स्वास्थ्य केन्द्रकी प्रमुख निर्मला ब्लोनको आतिथ्यता रहेको थियो ।
हेटौंडा–४ को सभाहलमा भएको कार्यक्रम ४, ५, ६, ८ र १३ नं. वडाका २५ जना स्वास्थ्य स्वयम् सेविकाको उपस्थिति रहेको कोशिसकी प्रतिनिधि शकुन्तला पौडेलले जानकारी दिइन् ।


















