हेटौंडा | सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु भएको छ ।
हमलामा अधिकांश महिला र बालबालिका परेका छन् । सुडानी सेनाका जनरलले अर्धसैनिक -यापिड फोर्सविरुद्ध कारबाही तीब्र पार्ने धम्की दिएको एक दिनपछि नै भएको यो आक्रमणमा ५ बालबालिकासहित १७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
राजधानी खार्तुमको योरमौक निकट क्षेत्रमा भएको हवाई हमलाका कारण २५ वटा घर ध्वस्त भएका छन् । सो क्षेत्रमा सुडानी सेनाद्वारा नियन्त्रित सैन्य क्याम्प समेत रहेको छ।
सुडानमा अर्धसैनिक बल ‘-यापिड सपोर्ट फोर्स’ आर.एस.एफ.बीच गत अप्रीलबाट शुरु भएको संघर्षमा पछिल्लो समय सर्वसाधारणलाई निशाना बनाइएको भन्दै मानव अधिकारवादी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । दुई समूहबीचको युद्धमा हालसम्म हजारौंको मृत्यु भइसकेको छ भने लाखौं पलायन भइसकेका छन् ।
सेयर गर्नुहोस्