डेंगू संक्रमण भदौ र असोजमा उच्च हुने

हेटौंडा टुडे
२०८० श्रावण ५, शुक्रबार १२:०३ गते

हटौंडा|स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डंगू संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

एक वर्षको डेंगू रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगू संक्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीका अनुसार, असोजपछि भने डेंगू संक्रमण क्रमशः कम हुँदै जाने छ । उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको बताए ।

गत वर्ष पनि बैशाखदेखि नै सङ्क्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भई देशभरिका ७७ जिल्लामा फैलिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*