रेडक्रस सोसाइटी मकवानपुरद्वारा रक्तसञ्चार केन्द्र हेटौंडामा रक्ततत्व निर्माण सेवा

हेटौंडा टुडे
२०८० श्रावण १२, शुक्रबार १७:३७ गते

हेटौंडा| नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाद्वारा निर्मित रक्ततत्व निर्माण तथा बितरण सम्बन्धी रक्त सञ्चार केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । बागमती प्रदेश सभाका सदस्य माननीय एकालाल श्रेष्ठले सेवाको उद्घाटन गर्नुभएको हो ।

२०५२ सालमा हेटौंडामा स्थापना भएको रक्त सञ्चार केन्द्रले होल ब्लडको मात्र कार्यगर्दै आएकोमा रक्ततत्व निर्माण तथा बितरण सम्बन्धी सेवाको सुरुवात भए पस्चात मेसिनले हेटौंडा मै प्लाजमा, प्लेटलेट र प्याकसेल छुट्टाछुट्टै निर्माण गरि बितरण गर्नेछ । सेवाको संचालनका लागि अमेरिकन रेडक्रसबाट रक्ततत्व बर्गिकरणको आवश्यक महत्वपुर्ण उपकरणहरु सहयोग गरेको थियो र हेटौंडा उपमहानगरपालिकाले प्लाज्मा तथा प्लेटलेटलाई सुरक्षित राख्न आवश्यक फ्रिज सहितको उपकरण सहयोग गरेको थियो । त्यसैगरी मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागिआबस्यक सहयोग गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका इन्चार्ज टंक दाहालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटी मकवानपुरका सभापती लालबहादुर थापाको अध्यक्षतामा तथा बागमती प्रदेश सभाका सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेडाई, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई, रेडक्रस मकवानपुरका उपसभापति खेमराज सापकोटा, मन्त्री सुमित्रा काफ्ले, कोषाध्यक्ष किशोर बर्तौला, उपमन्त्री शिबहरि दाहाल, कार्यालय प्रमुख लक्ष्मण भट्टराई लगायत जिल्ला शाखा सदस्यहरु, विभिन्न उपशाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*