डेंगु नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाले चार जना भेट्रो निरीक्षक नियुक्त गर्ने

हेटौंडा टुडे
१५ श्रावण २०८०, सोमबार ११:००

हेटौंडा । डेंगु रोगको नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाले चार जना भेट्रो निरीक्षक नियुक्त गर्ने भएको छ । उपमहानगर क्षेत्रमा डेंगुको संक्रमण कम गर्नका लागि उपमहानगरले नियुक्त गर्ने भेट्रो निरीक्षकले डेंगुको सम्भाबित बास स्थानको खोजि गर्ने र नष्ट गर्ने काममा परीचालन हुने बताइएको छ ।
आइतबार उपमहानगरका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको स्थानिय विपद् व्यवस्थापन समितिको बैठकले रोगको संक्रमण नियन्त्रणका लागि निरीक्षक नियुक्त गरेरै कम अघि बढाउने निर्णय गरेको हो ।
बैठकले फिल्डमा खटिएका निरीक्षकले संक्रमणको आंकलन गरेको स्थान सहित सम्भाबित ठाउँहरुमा स्प्रे गर्ने, संक्रमणमा परेका बिरामीको परिक्षणका लागि किट खरिद गर्ने र संक्रमणको खोज र नष्ट गर्नका लागि स्वास्थ्य स्वयम सेविका सहित टोल बिकास सस्थालाई परिचालन गरिने निर्णय गरेको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।
जेठबाट देखिएको संक्रमण साउनमा एकै पटक ५ जनामा पुष्टि भएको । अहिले हेटौंडामा ९ जना बिरामि डेंगु संक्रमित उपचारको क्रममा रहेका छन् । लामखुट्टेको टोकाईबाट सर्ने डेंगुका कारण गत बर्ष हेटौंडा उपमहानगरपालिकामा मात्र ४ हजार ३४३ जना संक्रमित भएका थिए भने मकवानपुर जिल्लामा ५ हजार ८५९ जना बिरामी परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
उपमहानगरले डेंगु नियन्त्रणका लागि काम गर्ने स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटि मकवानपुरसँग सहकार्य गरेर नगर क्षेत्रमा अभियान सञ्चालन गर्ने छ । रोगको नियन्त्रणका लागि नागरीक आफै सचेत हुन जरुरी रहेको भन्दै हिडडुलका समयमा ध्यान दिन उपमहानगरले नगरवासीलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*