हेटौंडामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

हेटौंडा टुडे
२०८० श्रावण २१, आईतवार १०:३१ गते

 
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान थालिएको छ । डेंगुको महामारी नियन्त्रण र रोग रोकथाम गर्ने उद्देश्यले लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान थालिएको हो । गर्मी याम र वर्षातको सुरुवातसँगै यो रोगबाट मान्छे बिरामी पर्न थालेका छन् ।

डेंगु फैलाउने लामखुट्टेको लार्भा खोजी गर्ने र नष्ट गर्ने अभियान निरन्तर रुपमा भइरहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष नविन सिग्देलले बताउनुभयो । डेंगु फैलाउने लामखुट्टेको लार्भा रहने वास स्थान हेटौंडा–४ मा धेरै छन् । यस वडाबाट डेंगुका विरामी पनि बढ्न थालेका छन् । त्यसैले पनि यसको लार्भानै नष्ट गर्ने अभियानमा आफुहरु लागिपरेको सिंगदेलले बताउनुभयो । यो अभियानमा यस क्षेत्रका टोल विकास संस्था, बिद्यालय, रेडक्रस, सामाजिक संघसंस्था लगायतकाको सहभागितामा भइरहेको छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको महामारी फैलिन नदिन र रोकथामका लागि हेटौंडा–४ संगै अरु वडामा पनि लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ ।वडा कार्यालय सहित कार्यालयसहित विभिन्न सङ्घसंस्था, महिला स्वास्थ्य स्वयम् सेविका, आमा समूहलगायतको सहभागितामा कार्यालय परिसर, कवाडी राख्ने स्थल, पानी जमेका भाडा घोप्ट्याउने, पानी जम्न नदिने लगायतका सचेतना अभियान सुरु गर्दै लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने कार्य भइरहेको छ ।

अहिले घर वरपर रहेको टिनको बट्टा, प्लास्टिक, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा लामखुट्टेको लार्भा बाँच्ने गरेकाले यस्तो ठाउँमा जमेको पानी फाल्न आवश्यक रहेको जनाइएको छ । अभियानको क्रममा समुदायस्तरमा गएर जमेको पानी फाल्ने र सरसफाइ गर्नुका साथै सचेतना फैलाउने कार्य भइरहेको छ ।

यो रोग लागेमा एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्ने जस्ता लक्षण देखा पर्ने गरेको जनाइएको छ । डेंगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । यसैगरी, झुल लगाएरमात्रै सुत्ने, घर वरिपरि सरसफाइ गर्ने, भाडाकुँडामा लामो समयसम्म पानी जम्न नदिने जस्ता कार्य गर्न आवश्यक रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*