मलेसियामा जेट विमान दुर्घटना १० जनाको मृत्यु

हेटौंडा टुडे
१ भाद्र २०८०, शुक्रबार १४:४२

हेटौडा। बिहीबार दिउँसो मलेसियाको सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिक चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडान भरेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको थियो । ६ यात्रु र चालक दलका २ सदस्य रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा विमानमा रहेका ८ जना र मोटरसाइकल र कारमा सवार दुई गरी १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*