हेटौंडा । जबरजस्ती करणीको अभियोगमा हेटौंडाका एक चिकित्सक पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका १ मा रहेको हेटौंडा सिटी हस्पिटलका संचालक रहेका डाक्टर बसिम राई पक्राउ परेका हुन् । प्रहरीले उनलाई सोमबार राती पक्राउ गरेको हो ।
डाक्टर राईले भदौ १८ गते राति साढे १२ बजेको समयमा ३१ वर्षीया महिलालाई आफ्नै कोठामा जबर्जस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए । उनलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट मंगलबार ५ दिनका लागि म्याद थप गरी ल्याइएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्