ओखलढुङ्गाका प्रमुख खनालको निधन

हेटौंडा टुडे
२०८० आश्विन १४, आईतवार १०:२१ गते

हेटौडा। जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राति निधन भएको हो । उनी आमासयको क्यान्सर बाट पीडित थिए । उनी २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका(३ को वडा सदस्य निर्वाचित भएपछि जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत थिए । उनका दुई छोरा, दुई छोरी छन् ।
खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*