गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात

हेटौंडा टुडे
२०८० कार्तिक २, बिहीबार ११:५८ गते

हेटौडा । चीन भ्रमणमा रहेका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । श्रेष्ठलाई बुधबार बेलुका सामान्य खालको हृदयघात भएकोे हो।छाति दुखेपछि अस्पताल पुगेका श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनिभर्सिटी हस्पिटल एन्ड रिसर्च सेन्टर अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त छ । श्रेष्ठ असोज २९ गते तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ मा सहभागी हुन बेइजिङ प्रस्थान गरेका थिए ।उनले मंगलबार र बुधबार बेइजिङमा भएको सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगति बारेमा छलफलमा सहभागी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*