हेटौडा । मोटरसाइकलको ठक्करले पोखरामा एक जना पैदल यात्रीको मृत्यु भएको छ । पोखरा ५ मालेपाटनमा १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेका टंकबहादुर कुमाल मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक थरबत थापा घाइते छन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
सेयर गर्नुहोस्






















