हेटौडा।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानवादीहरूले आक्रमणको प्रयास गरेका छन् ।
मुख्यमन्त्री कार्कीलाई मंगलवार बिहान दमक नगरपालिकाले आयोजना गरेको लागु औषधसम्बन्धी कार्यक्रम सहभागी हुनेक्रममा नाराबाजी गर्दै आक्रमणको प्रयास भएको हो ।
उनको गाडीमा ढुङ्गासमेत हानिएको छ । मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास भए पनि प्रहरीले अवरोध खुलाएको छ ।एक दर्जनको सङ्ख्यामा रहेका पहिचानवादीहरूले मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेका छन् ।
सेयर गर्नुहोस्