मकवानपुरगढी जेसीजद्वारा जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

देवकाेटा कान्छाे मनाेज
२६ माघ २०८०, शुक्रबार ०९:०९

हेटौंडा । मकवानपुरगढी गाउँपलिका वडा नम्बर १  मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मकवानपुरगढी जेसिजको आयोजना तथा सन्चो हस्पिटलको सहकार्यमा हिजो बिहिबार  शिविर सञ्चालन गरिएको हो।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर  १  का स्थानीय बृद्ध बृद्धालाई लक्षित गरी आयोजित सो कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष श्री दोर्जे लामा स्याङ्तानको प्रमुख आतित्थ्यता रहेको थियो । मकवानपुरगढी जेसिज बर्ष २०२४ का अध्यक्ष जेसी बिजय पुडासैनी को अध्यक्षता रहेको उक्त कार्यक्रममा वडा नम्बर १  का वडा अध्यक्ष अईता सी. लो को विशेष आतित्थ्यता रहेको थियो ।

कार्यक्रम मकवानपुरगढी जेसिज बर्ष २०२४ का महासचिब सुवास अधिकारीले संचालन गर्नुभएको थियो भने मकवानपुरगढी जेसिज बर्ष २०२४ का कोषाध्यक्ष जेसी ईरोज न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविरमा २१० जनाले चेक जाच गर्नु भएको सन्चो हस्पिटलका फिजिसियन डाक्टर अविनास यादबले बताउनु भयो । शिविरमा बिशेष गरि सुगर , प्रेसर , ज्वरो , ग्याटिक लगाएतका चेकजाच गरिएको थियो । शिविरमा बिभिन्न औसधिहरु पनि निशुल्क वितरण गरिएको मकवानपुरगढी जेसिस बर्ष २०२४ का  अध्यक्ष बिजय पुडासैनीले बताउनु भयो । साथै शिविरमा गाउँपालिका अध्यक्ष दोर्जे लामा  स्याङ्तान  , वडा अध्यक्ष आईत सिह लो वडा सस्दयहरु लगायतकाले समेत स्वास्थ्य लाभ लिनु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*